स्याङ्जा वालिङका तिवारी पोखरामा मृत भेटिए

पोखरा, २६ पुस ।

स्याङ्जाका एक व्यक्ति पोखरामा मृत अवस्थामा भेटिएका छन् । उनी पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित मानव सेवा आश्रममा बस्दै आएका थिए ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नं. ८ घर भएका ४० वर्षका चिरञ्जीवि तिवारी आइतबार दिउसो १२ः३० बजे मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

उनको मृत्यु हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close