१८ वर्षकी युवती माछापुच्छ्रे गापाको न्यास्रे जंगलमा मृत भेटिइन्

पोखरा, २८ पुस ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ की एक युवती मृत फेला परेकी छन् । सोमबार राति ८ बजे घरबाट निस्किएकी ति युवती आज दिउसो १२ बजे मृत अवस्थामा भेटिएकी हुन् ।

१८ वर्षकी ममता गुरुङ सोही स्थानको न्यास्रे जंगलमा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनको मृत्युको बारेमा प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close