फेवातालमा पुम्दीभुम्दीका परियारको शव भेटियो

पोखरा, २९ पुस ।

पोखराको फेवातालमा एक युवकको शव भेटिएको छ । ती युवक पोखरा महानगरपालिका वडा नं. २२, पुम्दीभुम्दीका सन्तोष परियार हुन् ।

परियारसहित करिब १० जनाको टोली महानगरपालिका वडा नं.२२ चिहानडाडामा पिकनिक खान गएको तर परियार घर फर्फिएका थिएनन् । उनी यही पुस २२ गतेदेखि हराइरहेका थिए ।

उनको निरन्तर खोजतलास गर्नेक्रममा आज बिहान ८ बजे फेवातालमा तैरिरहेको अवस्थामा फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close