भिरबाट लडेर ओमबहादुरको मृत्यु

पोखरा, ९ पुस ।

तनहूँको भिमादमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ चारघरका वर्ष ६७ को ओमबहादुर थापा रहेका छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार घरबाट हिडेकोमा फर्की नआएकोले खोजतलास गर्नेक्रममा उनी मृत भेटिएका हुन् ।

चापगौरी खोलाको भिरबाट लडी मृत अवस्थामा रहेको भन्ने खबर निजको आफन्तले जानकारी गराएपछि प्रहरी टोली पुगेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close