कृषि उपज उत्पादनमा विशेष ध्यान दिनुपर्छ : कोइराला

पोखरा २, पुस ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालाले कृषि उपज उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताएइका छन् । किसानहरुले उत्पादन गरेका कृषि उपजको बजारीकरण पनि आवश्यक रहेको उनले स्पष्ट पारे । कृषि उपज खरिद विक्री केन्द्रमा रहेका २६ वटा सरटमा कृषकका आफ्नै सटर पनि हुनुपर्ने सांसद कोइरालाले बताए ।

संसदमासमेत कृषि र उत्पादनको क्षेत्रमा विशेष ध्यान दिनुपर्ने आवाज उठाउँदै आएका कोइरालाले प्रदेश सरकारले अहिले निर्वाचन पूर्वाधार विकास कार्यक्रममा कृषि पर्यटनलाई समेटेर कार्यविधि ल्याएको पनि बताए ।

विकास भनेको बाटोघाटो मात्र नभएको भन्दै उनले आय आर्जनका लागि उत्पादनसँग जोडिएर आर्थिक गतिविधिलाई पनि अघि बढाउनुपर्नेमा जोड दिए ।

सकेसम्म आफूलाई आवश्यक पर्ने खाद्य सामाग्री आफैले उत्पादन गर्ने र बढी उत्पादन गरेर निर्यात गर्न सक्नेसम्मका योजनालाई अगाडि सार्ने हो भने हामीले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपाल बन्न सक्ने उनको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बावुराम गिरीले सरकार र निजी क्षेत्रको सहकार्यमा वाणिज्य क्षेत्रका उद्योग धन्दा भन्दा पनि कृषिमा आधारित उद्योग धन्दा संचालन गर्नुपर्ने बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुलाई बजारीकरण गर्न, व्यवस्थित तरिकाले भण्डारण र किसानको लगानीलाई सुरक्षित गर्नका लागि संघ कृषिमैत्री कार्यक्रममार्फत अगाडि बढेको बताए ।

संघका महासचिव गोपिचन्द्र बास्तोला, वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले कोल्ड स्टोरको महत्वबारे प्रकाश पारका थिए ।

कसरी बन्दैछ कोल्ड स्टोर ?

गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापतिसमेत रहेका कोइरालाले निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पोखरा २७ लेखनाथ तालचोकमा कोल्ड स्टोर निर्माणका लागि २५ लाख रकम विनियोजन गरेका छन् ।

यसमा लेखनाथ उद्योग वाणिज्य संघले त्यसको १० प्रतिशत थप गरेर कूल २७ लाख ५० हजार रुपैयाँमा सितभण्डार निर्माण गर्न लागिएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघले पोखरा-२७ को महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद-विक्री केन्द्रमा कोल्ड स्टोर निर्माण गरिने भएको हो ।

स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तुलाई उपभोक्तासम्म सुरक्षित तरिकाले भण्डारण गर्नमा सहयोग पुग्ने कोल्ड स्टोरको उद्देश्य छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close