ढुंगेसाँघु मेलाको तयारी तीव्र

पोखरा, २८ पुस ।

पोखरा महानगरपालिका वडा नं. १७ ढुंगेसाँघुमा प्रत्येक वर्ष माघेसंक्रान्तिको दिन आयोजना हुने ढुंगेसाँघु मेलाको तयारी तीव्ररुपमा अघि बढाइएको छ । मेलाका लागि आवश्यक व्यवस्थापनको काम ८० प्रतिशत सकिएको छ ।

माघ १ गते सार्वजनिक बिदासमेत दिइएकाले विगतका तुलनामा यस बर्ष दुई गुणा बढी मानिस मेलामा सहभागी हुने हिन्दू परिषद् नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यको अनुमान छ ।

मेलामा रातभर दिनभर भजन गीत, सात दिनसम्म भागवत कथा, एक दिने कन्दमूल प्रतियोगिता र प्रदर्शन, निःशुल्क कन्दमूल वितरण, कराँते प्रतियोगिता, संकल्प दानको सहज वातावरण, कुटो कोदालो डोको नाम्लो लगायत घरेलु औजार प्रदर्शनी गरिने उनले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close