आगामी वैशाख २३ मा आम चुनाव प्रस्ताव

काठमाडौं, ५ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०७८ वैशाख २३ गते आम चुनाव गर्ने प्रस्ताव गरेका छन् । उनले संसद विघटनको प्रस्ताव पेश गरेर राष्ट्रपतिको कार्यालय शितल निवासबाट फर्किएका छन् ।

आइतबार बिहान मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाए प्रधानमन्त्री ओलीले संसद विघटनको प्रस्ताव अघि सारेका थिए । सो प्रस्ताव बोकेर ओली शितलनिवास पुगेका थिए ।

यस विषयमा छलफल गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close