फेवा बहुउद्देश्यीय सहकारीको अध्यक्षमा गुरुङ

पोखरा, २८ पुस ।

पोखराको सृजनाचोकस्थित फेवा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा अध्यक्ष क्य. चन्द्रप्रसाद गुरुङ निर्वाचित भएका छन् । संस्थाको २१ औं साधारणसभा तथा आठौं अधिवेशनबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसैगरी संस्थाको उपाध्यक्षमा सम्मर बहादुर श्रेष्ठ, सचिवमा दिलबहादुर भट्टराई, कोषाध्यक्षमा शेरकाजी गुरुङ छन् । कार्यसमिति सदस्यमा रामकाजी गुरुङ, पूर्णभद्र अधिकारी, किरण वैद्य विजुक्छे, सरस्वती देवकोटा र योगराज पौडेल रहेका छन् ।

यस्तै लेखासमिति संयोजकमा सगुन कोइराला, सदस्यहरूमा कृष्णप्रसाद तिमिल्सिना र कुलराज शर्मा रहेका छन् । नयाँ नेतृत्व चयनका लागि निर्वाचन मण्डलका संयोजकमा नारायण प्रसाद भट्टराई, सदस्यहरू भोजराज घिमिरे र भिम गुरुङ रहेका थिए ।

साधारणसभा तथा अधिववेशन समापन कार्यक्रममा गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका रजिष्ट्रार प्रेमप्रसाद ढकालले सहकारी बैंकहरूले सहकारी नियमानुसार कोषहरूको ब्यवस्था, आफ्ना सदस्यहरुको हितका कार्य, कृषि तथा पशुपालन क्षेत्रमा लगानी बढाउनुपर्ने खाँचो औंल्याए । उनले नेपाल सरकारका ऐन कानुनसंग नबाझिनेगरि कार्य गर्न आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रबन्धक नरेश पाण्डे, फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष नारायण प्रसाद भट्टराई, रोयल सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ, याङ्जाकोट तमु समाज पोखराका अध्यक्ष सु. चन्द्रबहादुर गुरुङ्ग, शेयर सदस्य शान्ति बराल, सदस्य किरण वैद्य बिजुक्छे लगायतले बोलेका थिए ।

सहकारीका अध्यक्ष क्या. चन्द्र प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सम्मर बहादुर श्रेष्ठले स्वागत, सहायक प्रबन्धक जगन तिमिल्सिनाले संचालन गरेका थिए ।

साधारणसभामा सचिव हरिभक्त पौडेलले सचिवको प्रतिवेदन र कोषाध्यक्ष दिल बहादुर भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक हकुली जलारी, उत्कृष्ट सदस्य लक्ष्मीप्रसाद पौडेल र कोपिला कुमाललाई सम्मान गरिएको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close