फेवा बहुउद्देश्यीय सहकारीको साधारणसभा शुरु

पोखरा, २३ पुस ।

पोखराको सृजनाचोकस्थित फेवा बहुउद्देश्यीय वचत तथा ऋण सहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशन शुरु भएको छ । सस्थाका अध्यक्ष क्या. चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रम भएको थियो ।

कार्यक्रममा सहकारीका सचिवको प्रतिवेदन सचिव हरिभक्त पौडेल, कोषाध्यक्षको आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिलबहादुर भट्टराई र लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक सगुन कोईरालाले प्रस्तुत गरेका छन् ।

उक्त अवसरमा सहकारीका पूर्वअध्यक्ष नारायण प्रसाद भट्टराई, सहकारी संस्थाका सदस्य रामकाजी गुरुङ, सस्थाका प्रविधिको ई. आनन्द सापकोटा, सहकारीका महिला सदस्य किरण वैद्य बिजुक्छे, सहकारीका सहायक प्रबन्धक जगन तिमिल्सिना लगायतले बोलेका थिए । अधिवेशन सम्पन्न गर्न सम्मर बहादुर श्रेष्ठ संयोजक रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close