अर्मलामा अग्नी नियन्त्रण सामग्री हस्तान्तरण

पोखरा, २३ पुस ।

पोखरा महानगरपालिका वडा नं. १६, १९ र २० का सक्रिय वन क्षेत्र अग्नी नियन्त्रण सञ्जाललाई अग्नि नियन्त्रण सम्बन्धित १५ प्रकारका सामाग्री हस्तान्तरण गरिएको छ ।

कुर चिन्ने खर्क सामुदायिक वन उपभोक्ता समिति पोखरा १६, अर्मलामा आयोजित एक कार्यक्रमका विच वन डिभिजन कार्यालयले उक्त सामग्री हस्तान्तरण गरेको हो ।

निमित्त डिभिजन वन अधिकृत शालिग्राम पराजुलीले सञ्जालका संयोजक जीतबहादुर बस्नेतलाई सामग्री हस्तान्तरण गरेका थिए ।

यस क्षेत्रमा हुन सक्ने दैविक प्रकोपको बेलामा अग्नी नियन्त्रण सामग्री प्रयोगले क्षति न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने वन अधिकृत पराजुलीको विश्वास छ ।

कुरखर्क सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुलाई सिताके च्याउ सम्बन्धित तालिम पनि संचालन गरिएको थियो ।

तालिममा च्याउ उत्पादनमा लामो समयदेखि कार्य गरिरहनु भएका अगुवा कृषक धर्मराज थापाले प्रशिक्षण दिएका थिए । कार्यक्रम संचालन समितिका सचिव मनु बस्नेतले गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close