पत्रकार महासंघ कास्कीको साधारणसभा भोलि, आठ जना पत्रकार पुरस्कृत हुँदै

पोखरा, १ माघ ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको १५औं साधारणसभा भोलि शुक्रबार हुँदैछ । कार्यक्रम महासंघको आफ्नै सभाहलमा हुने बताइन्छ । कार्यक्रम बिहान ८ः१५ बजे शुरु हुनेछ ।

साधारणसभामा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना प्रमुख अतिथिको रुपमा सहभागी हुने महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई विभिन्न व्यक्तित्वहरुलाई पुरस्कार अर्पण गर्ने कार्यक्रम छ ।

जसअनुसार दयाशंकर पालिखे पत्रकारिता पुरस्कार पूर्वअध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीलाई पुरस्कृत गरिंदैछ ।

यसैगरी जगन्नाथ सिग्देल पत्रकारिता पुरस्कार पत्रकारबाट अर्जुन गिरी र भीम थापा (भीम भाई), मिना सृजनशील पत्रकारीता पुरस्कारबाट रोशनी गुरुङ सुरस्कृत हुँदैछन् ।

यस्तै, टंकादेवी तलुुसीप्रसाद पत्रकारिता पुरस्कारबाट कमल पोडैल अथक र मोतीसागर अधिकारी, जगेन्द्र भण्डारी पत्रकारिता पुरस्कारबाट पत्रकार भरत कोइराला र आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी पुरस्कृत हुँदैछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close