पोखरा फुड डेलिभरीको सुपर क्रिसमस अफर
पोखरा, ९ पुस ।
पोखरा फुड डेलिभरीले अंग्रेजी नयाँ वर्ष र क्रिसमसका लागि नयाँ अफरको व्यवस्था गरेको छ । अफरमा पुस १० गतेदेखि १७ गतेसम्म पोखरा फुड डेलीभरीबाट अर्डरमा १० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट पाइने भएको छ ।
पोखरा फुड डेलिभरीका सहसंचालक प्रशिद्ध पालिखेका अनुसार अफर पाउनका लागि ग्राहकले पोखरा फुड डेलिभरीको वेवसाइडबाट अर्डर गर्नुपर्ने हुन्छ ।
पोखरा फुड डेलिभरीमा रहेका सय भन्दा बढी रेष्टुरेन्टको अर्डरमा मात्र छुट पाइने पालिखेले जानकारी दिए ।
ग्राहकले दुई हजार भन्दा बढी मूल्यको सामान अर्डर गर्दा पोखरा भ्यालीभित्र फ्रि डेलिभरीको व्यवस्था गरिएको छ । घरमा परिवारसंग सुरक्षित साथ पर्व मनाउनेका लािग लक्षित गरेर अफर ल्याइएको हो ।