देउराली नगरमा फुटवल प्रतियोगिता शुरु

तनहूँ, २५ पुस ।
तनहूँको व्यास नगरपालिका वडा नं. ३ देउराली नगरमा अन्डर १४ फुटवल प्रतियोगिता शुरु भएको छ । स्थानीय रिभर साईड युवा क्लबको आयोजनामा प्रतियोगिता शुरु भएको हो । फेस्टिबलमा तनहुँ र कास्कीका १० क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा हाइ स्कुल टारलाई हराउँदै न्यू स्टार विजयी भएको छ ।
व्यास नगरपालिकाका नगरसभा सदस्य एवं एन्फा तनहुँका उपाध्यक्ष रविन पौडेलले प्रतियोगिता शुभारम्भ गरे । ‘लागुऔषध मुक्त युवा समाज निर्माण’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना भएको हो ।
कार्यक्रममा एन्फा तनहुँका उपाध्यक्ष पौडेलले मादी तटमा बीच फुटबलको विकास गरी खेलकुद र पर्यटन संगसंगै लैजान राष्ट्रिय खेलाडीहरुलाई आग्रह गरे । उनले खेलाडीहरुको लागुऔषध मुक्त युवा समाज निर्माण अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
क्लबका प्रतियोगिता संयोजक विश्व अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनाङ्ग मर्स्याङ्गदी क्लवका खेलाडी विमल राना, संकटा क्लवका दिपेश आले, अर्डर क्लब भण्डारढिकका प्रशिक्षक सुवास तामाङ, अलस्टारका प्रशिक्षक विकास श्रेष्ठ लगायतले फुटबलको विकासमा सवै एकसाथ लाग्नुपर्नेमा जोड दिएका थिए ।