समाचार

माघ १३, २०७७ मंगलबार

पोखरा, १३ माघ ।

पोखरामा ए डिभिजन लिग फुटसल हुने भएको छ । प्रतियोगितामा १० टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगिता अखिल नेपाल फुटबल संघको आयोजनामा बैशाख २५ देखि जेठ १५ गतेसम्म प्रतियोगिता हुनेछ । प्रतियोगिताको फाइनल चरणका खेलहरु पोखराको मल्टिप्रपोज हलमा हुनेछ ।

प्रतियोगितामा गण्डकीबाट एक टिम, प्रदेश १ बाट दुई टिम, प्रदेश २ बाट एक टिम, बागमती प्रदेशबाट चार तथा कर्णाली, लुम्बिनी र सुदूरपश्चिमबाट एक एक टिम सहभागी हुने एन्फाले जनाएको छ ।

एन्फाको फुटसल कमिटीको आयोजनामा हुने प्रतियोगिताका लागि प्रदेश १ को छनोट प्रतियोगिता चैत्र १ देखि ५ गतेसम्म हुनेछ । यस्तै प्रदेश २ को छनोट प्रतियोगिता हेटौडामा चैत्र ८ देखि १२ गतेसम्म हुनेछ ।

यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको छनोट प्रतियोगिता दाङमा चैत्र १९ देखि २३ गतेसम्म हुनेछ । यस्तै बागमतीबाट सहभागी हुने चार टिमको छनोट प्रतियोगिता चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा हुनेछ ।

प्रतियोगिताको तयारीका लागि एन्फाले हरेक टिमलाई एक एक लाख रुपैयाँ दिनेछ । प्रतियोगितको विजेताले १० लाख उपविजेताले पाँच लाख पाउनेछन् । यस्तै विधागतरुपमा उत्कृष्ट हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउने एन्फाले जनाएको ।