उपभोक्ता समितिमार्फत वन संरक्षण प्रयास

पोखरा, ९ पुस ।

पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलाकोटमा अवस्थित वन क्षेत्रलाई सामुदायिक वनमा दर्ता गर्न दुई छुट्टा–छुट्टै उपभोक्ता समिति गठन गरिएको छ ।

अर्मलादेखि उत्तरतर्फ रहेको विशाल वन क्षेत्रको संरक्षण तथा संवद्र्धनका लागि उपभोक्त्ता समिति गठन गरिएको हो । उक्त वन क्षेत्र महानगरकै सबैभन्दा ठूलो र घना वन क्षेत्र भित्र पर्दछ ।

उक्त क्षेत्र ठूलो वन क्षेत्र भएकोले संरक्षणका लागि दुई उपभोक्ता समिति गठन गरिएको हो । गठन गरिएका दुई उपभोक्ता समितिमध्ये अर्मला, कालीलेक सैनीडाँडा सामुदायिक वन उपभोक्ता समुह र म्हौधुँ, च्होगोे, अर्मला सामुदायिक वन उपभोक्ता समूह रहेका छन् ।

गुरुङ जातीहरुको विशेष वाहुल्य रहेको अर्मलाको वन क्षेत्र परम्परागत रुपमा नै उपभोग हुँदै आइरहेको थियो । अर्मला, कालीलेक सैनीडाँडा सामुदायिक वन उपभोक्ता समूह तेजबहादुर गुरुङको अध्यक्षतामा गठन गरिएको छ भने म्हौधुँ, च्होगोे, अर्मला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा सु.ईन्द्र बहादुर गुरुङ रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close