समाचार

माघ १०, २०७७ शनिबार

हेटौडा, १० माघ ।

नेत्र विक्रम चन्द ‘विप्लव समूह’ का कार्यकर्ताले मकवानपुरमा बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सीमानामा पर्ने हुमाने भञ्ज्याङ नजिकै मकवानपुरतर्फ अज्ञात समूहले पिकअपमा आगजनी गरेको मकवानपुरका एसपी सोेमेन्द्र सिंह राठौरले जानकारी दिए ।

मकवानपुरमा सामान अनलोड गरेर काठमाडौं फर्कंदै गरेको बा१३च ७९६९ नम्बरको पिकअप भ्यानमा आगजनीबाट क्षति पुगेको छ । आगजानीमा संलग्नहरु बारे प्रहरी अनुसन्धान गरिरहेको छ ।

पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिबार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ । बाँस्तोलालाई महानगरीय पहरी परिसर ललितपुरमा राखिएको छ । उनी विप्लव समूहका तेस्रो वरीयताका नेता हुन् ।