कस्ले लगायो सांसदको गाडीमा आगो ?

जाजरकोट, १७ पुस ।

कर्णाली प्रदेश सांसद, प्राकृतिक श्रोत बाँडफाड समितिका सभापति गणेशप्रसाद सिंहको गाडी आगलागी भएको छ । गाडी जलेर पूर्णरुपमा क्षति भएको छ ।

बिहीबार कार्यक्रममा हिँडेका सांसद सिंहको ०२००१ झ ००४० नम्बरको सरकारी गाडी, भेरी नगरपालिका–७ पुन्ममा गएराति अज्ञातद्वारा आगजनी गरेको प्रहरीले जनाएको छ ।

सांसद सिंह र जाजरकोट नेकपाका अध्यक्ष ढकवीर राना वडा अध्यक्ष चन्द्रबहादुर शाहीको घरमा बेलुका नै पुगेका थिए ।

अध्यक्ष शाहीको घरमा गाडी नपुग्ने भएपछि अलि बाहिर पार्किङ गरेको गाडी अज्ञात समूहबाट आगलागी भएको प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठ बताए ।

उनका अनुसार अज्ञात व्यक्ति समूह पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान सुरु गरेको श्रेष्ठले जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close