ढुवानी साधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने माग

पोखरा, २८ पुस ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीले दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीसाधनको स्वरुप परिवर्तन गर्न पाउनुपर्ने माग गरेको छ ।
उपभोक्ताहरुलाई घरदैलोमा उपभोग्य वस्तुहरु पुर्याउने विभिन्न ढुवानीका साधनहरुको स्वरुप परिवर्तन गरी हटटप, सफ्टटप, खन्डे जाली, भ्यान्टिलेसन, ढोका, र्याक, छाना निर्माण गरि सञ्चालन गर्न पाउनुपर्ने महासंघको माग छ ।

यस सम्बन्धमा महासंघले मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारी साधनको स्वरुप परिवर्तन गर्दा ट्राफिक प्रहरीले हरेक पटक एक हजार रुपैयाँ जरिवाना तिराउनु व्यवहारिक नभएको बताए ।

पोखरा पानीपर्ने ठाउँ भएको र खुलारुपले सामान ढुवानी गर्दा समस्या पर्ने गरेको भन्दै उनले व्यवसायीलाई दुःख दिने काम बन्द गर्न आग्रह पनि गरे ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close