पत्रकार हिमनीधि लौडारीलाई पितृशोक, महासंघ र युनियनद्धारा दुःख व्यक्त

पोखरा २७ मंसिर।

पत्रकार हिमनीधि लौडारीलाई पितृशोक परेको छ । उनका पिता गंगाराम लौडारीको ८७ बर्षको उमेरमा शनिबार निधन भएको हो ।
उच्च रक्तचापको कारण पीडित लौडारीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा निधन भएको परिवार स्रोतले बताएको छ ।

तनहूँ जिल्ला भानु नगरपालिका वडा नं १० लामास्वाँरा निवासी गंगाराम लौडारीका श्रीमती, दुई छोरा हिमनीधि लौडारी र भरत लौडारी, दुई छोरी छन् ।

पत्रकार हिमनीधि हिमदूत दैनिकका प्रबन्ध सम्पादक, जेठी बुहारी रबीना आले लौडारी प्रेस युनियन कास्कीकी उपाध्यक्ष एवं रेडियो तरंगकी स्टेशन म्यानेजर र अर्का छोरा भरत लौडारी प्रेस युनियन कास्कीका साधारण सदस्य हुन्।

यसैबीच नेपाल पत्रकार महासंघ कास्कीले लौडारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले लौडारीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भन्दै समवेदना प्रकट गरेका छन् ।

यता, नेपाल प्रेस युनियन कास्कीले लौडारी परिवारमा परेको पितृशोक प्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close