गतिशिल मञ्जरी लायन्सद्धारा विद्यार्थीलाई न्यानो कपडा सहयोग

पोखरा, २५ पुस ।
लायन्स क्लब अफ गतिशील मञ्जरीले अकला आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरस्थित सो विद्यालयका ३० विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
कार्यक्रममा लायन्सका कोचिफ एड्भाइजर विनोद ढुङ्गानाले मन्जरीको सहयोग ग्रामीण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
अर्का को चिफ एड्भाइजर सुचित्रा थापाले लायन्स आफैमा सामाजिक संस्था भएको र यस्ता विद्यालयमा सहयोगको हात बढाउनु आफैमा प्रशंसनीय भएको बताइन् ।
विद्यालयका प्रधानाध्यापक सीता काफ्लेले विद्यालय महानगरमा भए पनि ग्रामीण क्षेत्रको जस्तो भएको दुःखेसो पोखिन् ।
कार्यक्रममा क्लस्टर प्रमुख सुरेन्द्रमान सिंह भण्डारी, जोन चियर पर्सन भागिरथी सुवेदी, कमिटी चियरपर्सन चन्द्रकला सुवेदी, पुनम राणा बस्नेत, रिजन चियरपर्सन विष्णु पराजुलीले बोलेका थिए ।
क्लबकी अध्यक्ष सुनिता देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नवप्रवेशी सदस्य विष्णु पराजुली, विनिता कोइराला र गीता बराललाई स्वागत गरिएको थियो ।