उद्योग वाणिज्य संघ गण्डकीमा चुनावी रन्को, कोइरालाद्धारा अध्यक्षमा पुनः उम्मेदवारी

पोखरा, ९ पुस ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको दोस्रो महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही पुस ११ गते शनिबार पोखरामा हुन भइरहेको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । महाधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन हुने भएकाले महत्वका साथ हेरिएको छ ।

महासंघको अन्तिम मतदाता नामावली प्रकाशनबाहेक अन्य सबै कार्यक्रम पोखराको सृजनाचोकस्थित साइमन पार्टी प्यालेसमा हुने अध्यक्ष सञ्जीव बहादुर कोइरालाले जानकारी दिए ।

उनका अनुसार मतदाता नामावली प्रकाशन भने पोखरा उद्योग वाणिज्य संघमा हुनेछ । महासंघको चुनावका लागि वरिष्ठ अधिवक्ता कमलप्रसाद अर्याललाई निर्वाचन अधिकृत तोकिएको छ ।

चुनावी चहलपहल, कोइरालाको उम्मेदवारी

महासंघको नेतृत्व तथा पदाधिकारीका लागि चहलपहल शुरु भएको छ । केहीले उम्मेदवारी घोषणा गरिसकेका छन् भने केही पर्ख र हेरको अवस्थामा छन् । संघको नेतृत्वका लागि वर्तमान अध्यक्ष सञ्जीवबहादुर कोइरालाले चाहना गरेका छन् ।

यसैगरी पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले पनि महासंघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान अध्यक्ष कोइरालाले आफू अझै एक कार्यकालका लागि निर्विरोध हुने दावी गरेका छन् ।

मेरो एक कार्यकाल समग्रमा राम्रो रह्यो । महासंघमा अझै पनि केही कामहरु गर्न बाँकी रहेकाले थप एक कार्यकाल नेतृत्व गर्ने लक्ष्य छ, उनले भने ।

महासंघको उपाध्यक्ष पदका लागि उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले उम्मेदवारी घोषणा गरेका छन् । संघको बैठकले अध्यक्ष ढकाललाई जिल्ला तथा नगर उद्योग वाणिज्य संघ उपाध्यक्ष पदमा उठाउने निर्णय सर्वसम्वतरुपमा गरेको हो । ढकाल संघ गण्डकी प्रदेशको वर्तमान कोषाध्यक्ष हुन् ।

महासंघको प्रदेश कार्यसमितिमा अध्यक्ष, जिल्ला नगर उपाध्यक्ष एक जना, वस्तुगत उपाध्यक्ष एक जना र कोषाध्यक्षसहित १६ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । महासंघको निर्वाचनमा एशोसिएट ३५, जिल्ला तथा नगररबानट १६ र वस्तुगतबाट तीन मतदाता सहभागी हुँदैछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close