खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक

पोखरा, २२ पुस ।

गलकोट, कलाकार खेम गुरुङको लोकगित घर त गलकोट सार्वजनिक भएको छ । सानै उमेरदेखि लोकदोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युटुबमार्फत सार्वजनिक भएको हो ।

‘लोकदोहोरी भनेपछि हुरुक्कै हुन्थे, विभिन्न समस्याको कारण गीत रेकर्ड गर्न सकेको थिएन । लामो संघर्ष पछि मेरो सपना साकार भएको छ,’ गुरुङले भने । आफ्नै लय, शब्द र संगीतमा गीत तयार पारेको उनले बताए ।

केही समय विदेशमा रहँदा जन्मभूमिको मायामा डुबेर गीत तयार पारेको र अहिले सार्वजनिक गरेको उनले बताए ।

गीतको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोट मै तयार गरेको उनले जानकारी दिए । गलकोट नगरपालिका ९ बास्खोलामा जन्मिएका गुरुङले गीतसंगीतमार्फत जन्मभूमिलाइ देश विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।

आर्थिक अभावको कारण विदेशिनु पर्दा लोकदोहोरीको यात्रालाई निरन्तरता दिन नसकेको भन्दै उनले आगामी दिनमा निरन्तर लाग्ने बताए ।

उक्त गीतको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, सिवानी कार्की र विपन मल्लको अभिनय छ ।

राजन केसी ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसीले गरेका छन् । म्युजिक भिडियो कलाकार ईश्वर सिंहको युटुब च्यानल ईश्वर सिंहमार्फत सार्वजनिक भएको छ ।

भिडियो

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close