सुनको मूल्य आज पनि ह्वात्तै बढ्यो

पोखरा, ३ पुस ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनको मूल्यमा आठ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी शुुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close