सुनको मूल्य वृद्धि

पोखरा, १५ पुस ।

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रूपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम भएकोमा आज बुधबार ९४ हजार २०० रूपैयाँ कायम महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन ९३ हजार ७०० मा कारोवार भइरहेको छ । यसैगरी चाँदीको मूल्य पनि आज बढेको छ । आज प्रतितोला १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close