सुनको मूल्य आज पनि बढ्यो

पोखरा, १७ पुस ।
सुनको मूल्य आज पनि प्रतितोला ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुन महँगिएर शुक्रबार प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुनको मूल्य ९४ हजार १ सय रुपैयाँ थियो । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी भने अघिल्लो दिनकै बराबर प्रतितोला १३ सय रुपैयाँ कायम छ ।