सुनको मूल्य आज ह्वात्तै बढ्यो

पोखरा, २० पुस ।

नेपाली बजारमा सोमबार सुनको मुल्य आठ सय रुपैयाँले बढेको छ ।

इतबार तोलामा ९४ हजार पाँचसय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबार तेजावी सुन तोलामा ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेको छ ।

त्यस्तै, आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close