सुनको मूल्य आज एकै दिन ह्वात्तै बढ्यो

पोखरा, २१ पुस ।

नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्यमा एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ४०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९४ हजार ८००मा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला १० रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोवार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close