सुनको मूल्य आज पनि वृद्धि

पोखरा, २२ पुस ।

नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला ३०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला ९६ हजार ७०० रूपैयाँ कायम गरिएको छ । छापावाला सुन मंगलबार प्रतितोला रु ९६ हजार ४०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९६ हजार २०० मा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९५ हजार ९००मा कारोवार भएको थियो ।

यस्तै चाँदी प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ३४० रूपैयाँमा कारोवार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close