सुनको भाउ ह्वात्तै घट्यो

पोखरा, २३ पुस ।

आज सुनको मूल्य ह्वात्तै घटेको छ । एक सातादेखि उकालो लागेको सुनको मूल्य आज एक्कासी घटेको हो ।

सुनको भाउ आज एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ९५ हजार चार सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९६ हजार सात सय रुपैयाँ तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close