आज एक्कासी ह्वात्तै घट्यो सुनको मूल्य

पोखरा, २६ पुस ।

नेपाली बजारमा आज पहेंलो धातु सुनको मूल्य प्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ । छापावाला सुन शुक्रबार प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आज ९३ हजार रूपैयाँ कायम गरिएको छ ।

यस्तै तेजाबी सुन आज प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ३३० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २७० रूपैयाँमा कारोवार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close