सुनको मूल्य आज पनि ओरालो

पोखरा, २७ पुस ।

साप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यमा गिरावट आएको छ । आइतबार तोलामा २ हजार ३ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार पनि प्रतितोला ८ सय रुपैयाँले ओरालो लागेको छ ।

आइतबार प्रतितोला ९३ हजार रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ८ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । यस्तै, आइतबार ९२ हजार ५ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य सोमबार ९१ हजारा ७ सय रुपैयाँ कायम भएको छ ।
सोमबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला १ हजार २ सय ३० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close