आज पनि सस्तियो सुनको मूल्य

पोखरा, १, माघ ।

आज माघ महिनाको पहिलो दिन, नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले कमी आएपछि प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन (बुधवार) यस्तो सुनको मूल्य प्रति तोला ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा ८ सय रुपैयाँले गिरावट आएको हो ।

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close