‘गोल्डस्टार’ को पोखरामा दोस्रो शोरुम सञ्चालन

पोखरा, २३ पुस ।
नेपाली जुत्ताको चर्चित ब्राण्ड गोल्डस्टार जुत्ताको व्यवसाय विस्तार गर्ने क्रममा पोखरामा दोस्रो शोरुम सञ्चालनमा आएको छ । पोखरास्थित पृथ्वीचोकमा शोरुम सञ्चालनमा आएको हो ।
यद्यपि शोरुम उद्घाटन भने यहि पुस २६ गते चर्चित कलाकार वर्षा राउतले गर्ने कार्यक्रम रहेको सञ्चालक राजन केसीले जानकारी दिए । दुई वर्ष अघि पोखराको सिद्धार्थचोकमा पहिलो शोरुम सञ्चालन आएको थियो ।
शोरुम शुभारम्भको अवसरमा पुस २६, २७ र २८ गते गोल्डस्टारका प्रत्येक जुत्ताको खरिदमा १५ प्रतिशत छुट दिइने सञ्चालक स्वस्तिका केसीले जानकारी दिइन् । करिब ५० लाख रुपैयाँको लागतमा गोल्ड स्टारको दोस्रो शोरुम सञ्चालनमा आउन लागेको हो । सिद्धार्थचोकस्थित पहिलो शोरुममा पनि ५० लाखकै लगानी रहेको सञ्चालक केसीले बताइन् ।
शोरुममा सबै वर्गका लागि आवश्यक जुत्ता पाइन्छन् । गोल्ड स्टारले करिब ३५० प्रकारका जुत्ता र चप्पल उत्पादन गरेको छ । गोल्ड स्टारका न्यूनतम मूल्य ३५० देखि २५ सय सम्मको जुत्ता बजारमा उपलव्ध छन् । महिला, पुरुषका साथै सबै उमेर समूहलाई लक्षित गरेको जुत्ता उत्पादन गरिएको छ ।
गोल्ड स्टार जुत्ताको मुख्य विशेषता भनेको बलियो र सरल मूल्य हो । यसको सबैभन्दा चर्चित ब्राण्ड ट्रेकिङ सुज हो । पछिल्लो समयमा चंकी नामक व्राण्ड पनि चर्चित छ ।
लोकप्रिय गोल्ड स्टारले यसरी बनायो इतिहास
अत्यधिक नेपालीले रुचाएको चप्पल-जुत्ता उत्पादन गर्ने कारखाना चक्रपथको ‘चप्पल कारखाना’ नै हो । पछिल्लो समयमा नेपालबाट निर्यात हुने वस्तुमध्येको एक हो यसै कारखानाको जुत्ता चप्पल । यो जुत्ता-चप्पलले ठाउँको नाम नै राखिदिएको छ ।
हात्तीछाप चप्पल र अर्को चर्चित जुत्ता गोल्डस्टारको कारखाना भएकै कारण चक्रपथ नजिकैको नाम ‘चप्पल कारखाना’ भनेर चिनिएको छ । आजभन्दा ५० वर्ष अगाडि हात्तीछाप चप्पलको ब्रान्डका रुपमा हेटौंडाबाट शुरु भएको कम्पनी केही वर्षपछि काठमाडौंमा सारिएको थियो । हेटौंडामा छँदा कम्पनीले चप्पलमात्र बनाउथ्यो । सञ्चालनमा आएको १६ वर्षपछि जुत्ता बनाउन थालिएको थियो ।
सुरुमा काठमाडौंमा एउटै किसिमको गोल्ड स्टार जुत्ता र यसको बजारको मात्र लक्षित गरिएको थियो । त्यसमा पनि सस्तोमा बलियो जुत्ता मात्र उत्पादन गर्ने थियो । तर, त्यसले त्यति राम्रो बजार लिन नसकेपछि गोल्डस्टारकै धेरै ब्राण्ड बजारमा आयो र त्यो एकदमै चर्चित हुँदै गयो ।
नेपालमा गोल्ड स्टार जुत्ता एकदमै पपुलर भएपछि कम्पनीलाई डाउन गर्नका लागि केही जुत्ता उद्योगहरुले नक्कली गोल्ड स्टार जुत्ता बनाइ बिक्री गर्न थालेका थिए । त्यसले गर्दा बजारमा घाटा हुन थाल्यो ।
चीनबाट ल्याएका जुत्ताहरुमा गोल्ड स्टारको स्टिकर टाँस गरेर केही उद्योगीहरुले बिक्री गर्न थालेपछि सक्कली कम्पनी घाटामा जान थाल्यो । त्यसपछि कम्पनीले अदालतमा मुद्धा हालेर जितेपछि ती उद्योगीहरुले गोल्ड स्टारको नक्कल बन्द गरेका थिए । व्यापार विस्तार गर्दै किरण सुज म्यानुफयक्चर्स प्रालिले नेपालभरि करिब ५० वटा शोरूम सञ्चालन गरेको छ ।
किरण सुज म्युनुफ्यक्चर्स प्रालिले आफ्नो लागि मात्र होइन देशलाई पनि ठूलो सहयोग गरेको छ । प्रत्यक्ष रुपमा पाँच हजार जनालाई रोजगार दिइरहेको छ । वार्षिक करोडौंको रुपमा कर तिर्ने गरेको छ ।
नेपालको उत्पादनलाई रुचाएर विदेशीहरु पनि लोभिएका छन् । ‘हात्तीछाप चप्पल’ र ‘गोल्ड स्टार जुत्ता’ कम्पनीको उत्पादनको करिब आधा भाग नै भारतमा बेचिन्छ । अरु छिमेकी देशहरुमा पनि बिक्री भइरहेको बताइन्छ ।
राज्य र शसस्त्र विद्रोहको चेपुवामा परेको बेलामा कम्पनी लामो समय बन्द पनि भएको थियो । तत्कालीन माओवादीहरुले गोल्ड स्टार जुत्ता किन्न थालेपछि राज्यपक्षबाट गोल्ड स्टार जुत्ता लगाउने जो कोहीलाई पनि माओवादी भनेर पीडा दिन थालेपछि धेरै समस्या भएको थियो ।विस्तारै आरोप प्रत्यारोपकै कारण बन्द भएको थियो
पाल्पाका नुरप्रताप (जंगबहादुर) राणाले मकवानपुरको हेटौंडा हुँदै काठमाडौंमा उद्योग चलाएको थिए । केही वर्ष अगाडि उनको निधन भएपछि उनका छोरा अमिर प्रताप राणा र बुहारी बिदुषी राणाले कम्पनी सम्हाल्दै आएका छन् ।