भारतीय प्रहरीले गोली चलाउँदा एक नेपाली घाइते

पोखरा, २१ पुस ।

कञ्चनपुरस्थित नेपाल-भारत सीमाक्षेत्रमा एसएसबीले गोली चलाउँदा एक जना नेपाली घाइते भएका छन् । गोलीको छर्रा लागेर महाकाली नगरपालिका-१ का नरेन्द्र लुहार घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

दोधारा चादनी नेपाल-भारत सीमाक्षेत्रमा गोली चलेको खबर प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

“भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको भन्ने कुरा बुझिएको छ”, उनले भने, “भारतीय वन रक्षकले गोली चलाएको हुन सक्ने अनुमान गरेका छौँ । विस्तृत विवरण अनुसन्धानपछि थाहा हुन्छ ।”

उनका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ । घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close