गुगलमा समस्या, सेवा अवरुद्ध
पोखरा, २९ मंसिर ।
विश्वकै सबैभन्दा ठूलो सामाजिक सञ्जाल गुगल सेवा विश्वभर अवरुद्ध भएको छ । सोमबार साँझ ५ बजेर २६ मिनेट जाँदा गुगल सेवा अवरुद्ध भएको हो । गुगलमा अवरोध आएलगत्तै जीमेल, युट्युव लगायतका सेवा प्रभावित भएका छन् ।
नेपालमा पनि जिमेल र यूटुपमा समस्या देखिएको छ । जिमेल एकाउण्ट खोल्दा मिलेन भन्ने सन्देशमात्र दिन्छ । यद्यपि, गुगलले भने उक्त समस्याका बारेमा टिपणी गरिसकेको छैन ।
बेलायतको मिरर अखबारका अनुसार संसारभरका ५४ प्रतिशत मानिसहरुले युट्युब प्रयोग गर्नबाट प्रभावित भएका छन् भने ४२ प्रतिशत व्यक्ति भिडियो चलाउनबाट बञ्चित भएका छन् । योसँगै ७५ प्रतिशत जीमेलका प्रयोगकर्ताहरु प्रभावित भएका छन् ।-एजेन्सी