राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

पोखरा, २७ पुस ।

पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डताका लागि एकताको गाँठो बलियो बनाउनुपर्ने बताएका छन् । पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यसको औचित्य हिजो थियो, आज छ र भविष्यमा पनि रहने जनाएका छन् ।

यसैमा पृथ्वी जयन्तीको सार्थकता रहेने उनले विश्वास लिएका छन् । उनले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, नेपाल निर्माता तथा नेपाली एकताका प्रतिक श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २९९ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मौसूफप्रति श्रद्धास्मरण गर्दै हामी समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछौँ ।”

राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितलाइ केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूिमका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको उनले शुभकामना सन्देशमा भनेका छन् । उलने आफूहरुको निम्ति देश र जनता नै सर्वोपरी रहँदै आएको जनाएका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, “हाम्रो विचारमा राजनीति भन्नु नै देश सेवाको उच्चतम साधन हो । तर हामीले व्यहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहीत अनुकूल छ, त्यसको समीक्षा हुन अब विलम्व भइसकेको छ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close