हुर्जा गण्डकीको दीप प्रज्वलन

पोखरा, २६ मंसिर ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानवअधिकार पत्रकार संघ (हुर्जा) गण्डकीले दीप प्रज्वलन गरेको छ ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्रकान्त चापागाईले मानवअधिकार दिवस मनाइरहँदा सबैले मानवअधिकारको संरक्षण र सम्वर्द्धन र सम्मान गर्नुपर्नेमा जोड दिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले मानवअधिकारको रक्षा नभए कोही कसैको पनि रक्षा हुन नसक्ने बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका क्षेत्रीय प्रमुख शिव खकुरेलले नेपालमा आएका र भएका हरेक महामारी र प्राकृतिक प्रकोपका समयमा नागरिक अधिकार उल्लंघन भएको बताए । उनले यस्ता अधिकारको संरक्षणका लागि राज्यलाई समय–समयमा खबरदारी गर्नुपर्नेमा जोड दिए ।

शान्तिका लागि नागरिक समाज सञ्जाल कास्कीका संयोजक विष्णु बरालले अहिलेको समयमा समाज र राष्ट्र आफैँमा अप्ठेरो अवस्थामा रहेकाले यसबाट मुक्तिका लागि सबैले आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिए ।

नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले हुर्जा गण्डकीलाई कोरोनाको समयमा प्रयोग गरिने आवश्यक स्वास्थ्य सामाग्री हस्ताण्तरण गर्दै मानवअधिकारको विषयमा व्यक्ति स्वयं जानकार हुनुपर्ने बताए ।

गैरसरकारी संस्था गण्डकीका अध्यक्ष विना सिलवालले मानव भएर सहज रुपमा बाँच्न पाउनुपर्नेमा जोड दिए ।

प्रेस युनियन नेपाल कास्कीका सभापति नविन सिग्देलले मानवअधिकारको विषय आफैँमा गहन विषय भएकाले यसलाई सँधै चीरस्थायी बनाउनुपन बताए ।

हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमको अध्यक्षतामा भएको भएको कार्यक्रममा हुर्जा गण्डकीका सल्लाहकार राजेश पराजुलीले स्वागत र सञ्चालन हुर्जा गण्डकीका उपाध्यक्ष विरेन्द्र सापकोटाले गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close