नेकपा नेतृ ईन्दिरा भट्टराई नेपाली कांग्रेसमा प्रवेश
तनहूँ, १६ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहूँ शुक्ला गण्डकीकी नेतृ ईन्दिरा भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई कांग्रेस नेता प्रदीप पौडेलले पार्टीमा स्वागत गर्दै पार्टीको सदस्यतामसेत प्रदान गरे ।
नेतृ भट्टराई संगै नेकपाका अन्य १६५ जना नेता कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेको कांग्रेस वडासभापति वडासभापति कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।
नेतृ भट्टराईसहित उनीहरु सबै शुक्लागण्डकी नगरपालिका वडा नं ८ स्थित समावेशी टोल अन्तर्गतको साविकको हिलेपानी गाउँका हुन् ।
कांग्रेसमा प्रवेश गरेपछि नेतृ भट्टराईले कम्युनिष्ट नेताहरुको भ्रष्ट प्रवृतिबाट आजित भएको प्रतिक्रिया दिइन् । अब नेकपालाई विश्वास गर्ने ठाउँ नरहेकाले आफूले ३४ वर्षसम्म दुःख गरेको पार्टीबाट परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेको बताईन् ।