स्वतन्त्र राष्ट्रिय जनजागरण अभियान आन्दोलनमा होमिने

पोखरा, १४ पुस ।

स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानले दवावमूलक कार्यक्रम गर्ने भएको छ । अभियानले मुलुकमा भएका हरेक परिवर्तनको आन्दोलनमा शहादत प्राप्त गरेका शहिद परिवार, घाईते परिवार, वेपत्ता तथा विस्थापित परिवारका सदस्यलाई सम्मान गर्ने र उनीहरुको सपना साकार पार्न दवावमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

ऋभियानको भेलामार्फत विभिन्न चार वटा निर्णय भएको अभियानका संयोजक कृष्ण प्रसाद जैशीले जानकारी दिए । मंगलबार पत्रकार सम्मेलनमार्फत अभियानले निर्णय सार्वजनिक गरेको छ ।

हरेक अभियान्ता तथा विपन्न वर्गका नागरिकहरुको आधारभूत आवश्यकता, जनघात, राष्ट्रघात, भ्रष्टाचार तथा अराजक राजनीतिक परिस्थितिलाई सुक्ष्म ढंगले मूल्यांकन गर्दै शान्तिपूर्ण आन्दोलनमार्फत सबैखाले वेथितिका विरुद्ध सशक्त आवाज बुलन्द गर्ने, संसदबाट मन्त्री तथा प्रधानमन्त्री हुने संचालित व्यवस्था तत्काल खारेजीका लागि दवावमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

स्वतन्त्र राष्ट्रिय जनजागरण अभियानले अर्थतन्त्रलाई वैज्ञानिक अर्थतन्त्रमा बदल्न, केन्द्रिकृत मुखियाहरुको पुँजीलाई विकेन्द्रिकरण गर्न, निर्वाचनका बेला प्रलोभनमा नपर्ने नागरिकस्तर बनाउने, देशमा भएको प्राचिन भाषा, संस्कृति र अध्यात्मको जर्गेना गर्न, देशमा भएको स्रोतसाधन परिचालन, प्रशोधन र बजारीकरण गरि मुलुकको आर्थिक वृद्धिदर बढाउने क्षेत्रमा काम गर्ने उद्देश्य रहेको अभियान संयोजक जैशीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close