जलजला गाउँपालिकामा भूसेवा केन्द्र, मालपोतको काम गाउँपालिकामै

पर्वत, ७ पुस ।

पर्वतको जलजला गाउँपालिकामा भूसेवा केन्द्र स्थापना भएको छ । स्थानीय तहबाट जनतालाई मालपोत कार्यालयमा पेश गर्नुपर्ने निवेदन र लिखत गाउँपालिकाबाट उपलब्ध हुने गरी सेवा केन्द्र स्थापना भएको हो ।

उक्त अवसरमा गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले सदरमुकाम कुश्मामा रहेका कार्यालयबाट प्रदान हुने सेवाहरु विस्तारै गाउँपालिकाबाटै जनतालाई उपलब्ध गराउन लागिपरेको बताए ।

कार्यालय स्थापना भएपछि मालपोत कार्यालयमा व्यक्ति तथा कानून व्यवसायीमार्फत हुने भूसेवाका काम स्थानीयतहबाटै हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

उनले केन्द्रवाट उपलब्ध गराइने सेवासुविधाका बारेमा वडा कार्यालयमा समेत आवश्यक कागजपत्रसहित विवरण जनप्रतिनिधिमार्फत जानकारी लिन सकिने स्पष्ट पारे ।

प्राविधिक सामाग्रीसहित जनशक्तिको व्यवस्थापन गरी भूसेवा केन्द्रबाट हुने सेवाका बारेमा समुदायस्तरमा समेत प्रचारप्रसार गरिने शर्माले बताए ।

अनलाईनमा भएको फारम भरेर प्रिन्ट गरी प्रमाणीकरणका लागि मालपोत कार्यालयमा निवेदन र लिखत पठाउँदा सेवा प्रवाह सहज हुने उनको विश्वास छ ।

भूसेवाका बारेमा कर्मचारीहरुलाई तालिम समेत दिइएको थियो । भूसेवा केन्द्रले स्मार्ट मालपोतको अभ्यास हुने गाउँपालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close