ताजा जनादेशमा जानु नै उत्तम विकल्प : राप्रपा अध्यक्ष थापा

पोखरा, २६ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब ताजा जनादेशमा जानु नै उत्तम विकल्प भएको बताएका छन् । उनले वर्तमान सरकार असफल भैसकेको भन्दै ताजा जनादेशमा जान उपयुक्त हुने स्पष्ट पारे ।

‘प्रतिनिधिसभा विघटन सम्बन्धी निर्णयले संवैधानिक जटिलता सृजना गरेको छ । नेपालको संविधान २०७२ अन्तर्गत बहुमतको सरकार भएको अवस्थामा प्रतिनिधिसभा भंग सम्बन्धी अस्पष्टता छ’, मिडिया नेपाल गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘वैधानिक रुपमा नेकपा फूटेको पनि छैन । प्रधानमन्त्री केपी ओलीको कार्यशैली ठिक भएन, प्रतिनिधिसभा विघटन संविधानको भावना विपरीत छ ।’

अध्यक्ष थापाले विधानको व्याख्या र निरुपण गर्ने काम सर्वोच्च अदालतको भएको भन्दै यसलाई विवादमा ल्याउन नहुने बताए । सडक र प्रभावबाट सर्वोच्च अदालतलाई दवाबमा पार्न नपाइने उनले स्पष्ट पारे । पूर्व मन्त्रीसमेत रहेका प्रतिनिधिसभा विघटन निर्णयको विषयलाई लिएर सर्वोच्च अदालतलाई नैतिक दवाब सृजना भएको भन्दै यस्तो दवाव दिन नमिल्ने बताए ।

अध्यक्ष थापाले भने, ‘गत पुस ५ गतेको संसद विघटन पछि नेपाली राजनीतिमा थप जटिलता सृजना गरेको बताए । वि.स. २०६२/०६३ को आन्दोलनपछि जुन विचार धाराको अभ्यास गरेका छौं, त्यो सफल हुन सकेन् । वर्तमान संविधानको औचित्य माथि नै प्रश्न चिन्न खडा भएको छ ।’

‘वर्तमान संविधान संशोधन गर्न जरुरी छ, उनले भने, ‘वर्तमान संविधानमा राप्रपाको आलोचनात्मक समर्थन मात्र रहदै आएको छ ।’ भ्रष्टाचार, धर्म परिवर्तन र सर्वसत्तावादको विरुद्धमा लाग्दै हिन्दू राष्ट्र र संबैधानिक राजसंस्थाको व्याख्या गर्दै राप्रपा अगाडि बढेको उनले बताए ।

‘राजसंस्थासहितको लोकतन्त्र, हिन्दू राष्ट्र पुनरस्थापना गर्ने हाम्रो राप्रपाको लक्ष्य हो, राजालाई पार्टी भन्दा माथि राखेका छांै, राष्ट्रियता र लोकतन्त्र बचाउन राजाको आवश्यकता पर्छ’, अध्यक्ष थापाले भने, ‘वर्तमान अवस्थामा राष्ट्रियताका बारेमा २४ सैं घण्टा सतर्क रहनुपर्ने अवस्था छ । भू-राष्ट्रियताका आधारमा पनि सतर्क भइरहाख्नु पर्ने अवस्था छ ।’

‘राजसंस्था कुनै धर्म विशेषको हुनुहुदैन, संविधानको परिधिभित्र रहेर राजसंस्था र हिन्दूराष्ट्र रहनुपर्छ भन्ने पक्षमा राप्रपा छ’, उनले भने, ‘वर्तमान अवस्थामा राप्रपा देशभर आफ्नो संगठन सुदृढगरी जनसंघर्षलाई अगाडि वढाउने निर्णय गरेको छ ।
मिडिया नेपाल गण्डकीका अध्यक्ष सूर्य बास्तोलाको अध्यक्षतामा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close