कामना सेवा विकास बैंकको लाभांश वितरण गर्ने प्रस्ताव पारित

पोखरा, २९ पुस ।

कामना सेवा विकास बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको चुक्ता पुँजी २,५४,०१,९५,३५२.०२ को ४.४० प्रतिशतका दरले हुने रकम रु. ११,१७,६८,३७९.५७ बोनस सेयर वितरण गर्ने र सोमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात रु. ५८,८२,५४६.२९ बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी कूल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।

बैंकले आ.व. २०७७.०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक जी।पी। राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पुन नियुक्ति गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close