काँडे बराह कुण्ड उद्घाटन

हेमजा, २६ मंसिर।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ स्थित काँडे बराह मन्दिर परिसरमा निर्माण गरिएको कुण्ड (पोखरी) उद्घाटन गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मन्दिरका संरक्षक कुलबहादुर गुरुङ कुलुले धर्म संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले अन्य स्थानमा रहेका बराह मन्दिर भन्दा काँडे वराहको शक्ति अद्भूत रहेको दावी गरे । गुरुङले सबै नेपालीलाई हिन्दू राष्ट्रको पक्षमा लाग्न आग्रह समेत गरे।

वडाध्यक्ष चन्द्रबहादुर गुरुङले अन्नपूर्ण क्षेत्रको प्रमुख शक्तिपीठका रुपमा काँडे बराहलाई चिनाउँदै त्यसको महिमा र प्रचारप्रसारको आवश्यकता औँल्याए।

कार्यक्रममा पण्डित पुण्यप्रसाद सुवेदी, राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य पण्डित तारानाथ पौडेल, पत्रकार कमल पौडेल अथक, स्थानीय बुद्घिजीवी सुरज पौडेल, बौद्घ आमा समूहका अध्यक्ष मैताकुमारी गुरुङ लगायतले पनि धर्म संस्कृतिको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।

मन्दिर संरक्षण व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य रेवती अधिकारीले स्वागत र सचिव युवराज गुरुङले संचालन गरेका थिए ।

कार्यक्रममा सहयोगी संघसंस्था एवं व्यक्तिलाई सम्मान समेत गरिएको थियो। मन्दिरका कोषाध्यक्ष गुरुदत्त भारतीका अनुसार मन्दिर निर्माणका लागि नौ लाख ९७ हजार रुपैयाँ संकलन भएकोमा सात लाख ७४ हजार २३९ रुपैयाँ खर्च भएको छ ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close