न्यानो कपडा र खाद्यान्न वितरण

पोखरा, ६ पुस ।

न्याम्डो त्रिरत्न (छोर्तेन) पुननिर्माण समितिले पोखरामा रहेका विभिन्न वृद्धाश्रम तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई न्यानो कपडा ब्लाङ्केट र खाद्यान्न सामाग्री वितरण गरेको छ ।

मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नं. ४ न्याम्डो गाउँमा रहेको न्याम्डो त्रिरत्न पुननिर्माण समितिले पोखराको लेखनाथमा रहेको अपांगमैत्री समाजमा आवद्ध रहेका ३१ जना दृष्टि क्षमता कम भएका व्यक्तिहरुलाई न्यानो कपडा ब्लाङ्केटसहित खाद्यान्न र पोखरामा रहेका विभिन्न बृद्धाश्रमहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

समितिले अपांगमैत्री समाजसंगै, पोखरा ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रम, पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रम, पोखरा १५ मा रहेको राष्ट्रिय परोपकार महांसंघ, पोखरा-१८ बाच्छेबुडुवामा रहेको बात्स्यायन वृद्धाश्रम र पोखरा-१७ मा रहेको मानव सेवा आश्रममा गरी ६५ बोरा चामल खाद्यान्न स्वरुप वितरण गरेको हो ।

उच्च हिमाली क्षेत्रमा बसोवास गर्दै त्रिरत्न (छोर्तेन) को संरक्षणमा लाग्दै गर्दा पोखरामा रहेका असहाय बृद्धबृद्धाहरुलाई समेत सानो भएपनि सहयोग गर्ने उद्देश्य अनुरुप पोखराका विभिन्न ठाउँमा रहेको बृद्धाश्रम र अपांगमैत्री समाजमा रहेका ब्यक्तिहरुलाई न्यानो कपडा र खाद्यान्न वितरण गरेको न्याम्डो त्रिरत्न (छोर्तेन) पुननिर्माण समितिका अध्यक्ष लेक्क्षे लामा गुरुङले बताए ।

विगतका वर्षहरुमा पनि सामाजिक काम गर्दै आइरहेको र यो पटक कोरोना महामारीका कारण आफूहरु हिमाली क्षेत्रमा बस्नुपर्ने बाध्यता हुदा यतिबेला न्याम्डो गाउँ परिसरमा रहेको छोर्तेनहरुको पुननिर्माण गरी संरक्षणमा आफूहरु लागि परिरहेको अवस्थामा सामाजिक कामलाई निरन्तरता दिनुपर्छ भन्ने अभिप्रायले खाद्यान्न सामाग्रीहरु वितरण गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनले बताए ।

समितिले न्यानो कपडा र खाद्यान्न वितरण गरेकोमा आफूहरु निकै खुसी भएको अपांगमैत्री समाजका सदस्य सुशील गोदारले बताए । उपल्लो मुस्ताङबाट प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशसभाका सदस्य ईन्द्रधारा विष्टको पहलकदमीमा आफूहरुको समाजमा विगतदेखिनै विभिन्न सहयोगी सामाग्रीहरु प्रदान हुँदै आएकोमा जाडो मौसममा न्यानो कपडा ब्लाङ्केटसंगै खाद्यान्नका लागि चामल प्रदान गरेकोमा आफ्नो समाजकोतर्फबाट गोदारले धन्यवाद प्रकट गरे ।

आगामी दिनमा पनि पोखरा र आसपासमा रहेका असहाय बृद्धवृद्धा बालवालिकाहरुका लागिसमेत सहयोग जुटाउने र वितरण गर्ने समितिका सदस्य वाङ्दी गुरुङले बताए । थोरै भए पनि सहयोग गर्न सके असहायहरुका लागि ठूलो राहत पुग्ने उनको भनाइ रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close