माछापुच्छ्रे फुल कन्ट्याक्ट एवं दोस्रो क्योकुसिन कराँते सकियो

पोखरा, १ माघ ।

२०औं माछापुच्छ्रे फुल कन्ट्याक्ट कराते तथा दोस्रो गण्डकी प्रदेशस्तरीय क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिता अन्तर्गत यो वर्ष काता, दौड, फिजिकल र डेमोस्टेसनमात्र प्रस्तुत गरिएको थियो । अघिल्ला अघिल्ला वर्ष पोखरा-१७, ढुंगेसाघुमा हुँदै आएको प्रतियोगिता कोरोना कहरको विचमा पोखरा रंगशलामा आयोजना गरिएको संघका अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको सिनियर ब्ल्याक बेल्ट लेभलको एकल पुरुषतर्फ विनोद नेगी प्रथम, सम्राट सेन दोस्रो तथा महिलातर्फ संगम कुमाल पहिलो र प्रिज्मा कुमाल द्धित्तीय भएका थिए ।

उनीहरुले कालो बेल्टको परीक्षा गर्नुपर्ने काता प्रदर्शन गरेका थिए । समूह महिला काता प्रतियोगितातर्फ संगम कुमाल, निर्मला क्षेत्री र सदीक्षा कुमाल प्रथम, प्रिज्मा कुमाल, सुविना क्षेत्री र ममता छन्त्यालको टोली द्धित्तीय भयो ।

यस्तै, पुरुष तीन किलोमिटर दौड प्रतियोगितामा सुनिल सिग्देल प्रथम र शीतल कुमाल द्धित्तीय भए । महिलातर्फको दौडमा संगम कुमाल प्रथम र सदीक्षा कुमाल द्धित्तीय हुन पुगिन् ।

१२ वर्ष मुनिका एक सय मिटर दौडमा शोभित प्रत्यल प्रथम र सुशान्त श्रेष्ठ द्धित्तीये । सोही विधाका महिलातर्फ भने शुआना श्रेष्ठ प्रथम तथा युइशा श्रेष्ठ द्धित्तीय भइन् ।

यसअघिका २९ औँ माछापुच्छ्रे फुल कन्ट्याक्ट कराँते प्रतियोगितासम्म प्रतियोगिताम फाइट गराइए पनि अहिले केही फरक गरेर प्रतियोगिता गरिएको संघका सल्लाहकार दिपक गोदारले जानकारी दिए ।

उनीहरु सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीले जानकारी दिए । प्रतियोगिताको विभिन्न विद्यामा म्याग्दी, स्याङ्जा, तनँहु, गोर्खा, कास्की बाग्लुङका खेलाडी सहभागी भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close