कास्की ३१ रनले विजयी

पोखरा, ७ पुस ।

कास्कीले तनहुँलाई ३१ रनले पराजित गरेको छ । गण्डकी प्रदेश क्रिकेट संघद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा कास्कीले तनुहँमाथि जित निकाल्दै लिग तालिकामा थप दुई अंक जोडन सफल भयो ।

पोखरा रंगशालामा जारी खेलमा जितका लागि १५५ रनको सामान्य लक्ष्य पछ्याएको तनहुँका व्याट्म्यानहरु खत्रीको धारिलो बलिङ्ग अगाडि टिक्न नसकेपछि उनीहरुको पारी १२३ रनमै समेटियो ।

खत्रीले आफ्नों कोटाको पूरै १० ओभर बल फाल्दा पाँच मेडनसहित मात्रै नौ रन खर्चिएर चार विकेट लिएका थिए । तनहुँकोतर्फबाट समिर कँडेलले ४१ रन बनाए । कास्कीको बलिङ्गमा सुवास भण्डारीले ३ विकेट लिए ।

टस जितेर मैदान उत्रिएको कास्कीले ४७.५ ओभर खेल्दै सम्पूर्ण विकेटको क्षतिमा १५४ रन बनाएका थियो । जसमा अर्जुन कुमालले ४३, अभिषेक थापाले ३५ तथा अमृत गुरुङ्गले २० रन बनाएका थिए ।

तनुहँको बलिङ्गमा दिनेशजंग बुढामगरले तीन, राजु गुरुङ्गले दुई तथा प्रवेश खड्का, करुण सिरमला र सचिन अधिकारीले समान एक एक विकेट लिएका थिए । खेलमा कास्कीका दिपेश खत्री म्यान अफ द म्याच घोषित भए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close