प्रतिनिधिसभा विघटन रहर नभई बाध्यता : अधिकारी

पोखरा, २९ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री खगराज अधिकारीले प्रतिनिधिसभाको विघटन प्रधानमन्त्रीको रहर नभई वाध्यता भएको बताएका छन् ।
नेकपा पोखरा महानगरपालिका वडा नं. १७ द्धारा आज आयोजित वडास्तरीय कार्यकर्ता भेलामा उहाँले समृद्धि र विकासका मार्गमा सरकार अघि बढिरहदा पार्टी भित्रबाटै विभिन्न नाममा घेराबन्दी गरिएको बताए ।
स्वाधिनताका पक्षमा पार्टी कार्यकर्तालाई उभिन आग्रह गर्दै उनले अवसरवादीका एवं विदेश परस्त प्रवृतिसंग बेलैमा जोगिनुपर्नेमा जोड दिए ।
पार्टी एकीकरणका बखतका विधानलाई अक्षरस मनन गर्न आग्रह गर्दै पार्टी सिद्धान्त तथा वैचारिक स्पष्टताका साथ उभिन उनले कार्यकर्तालाई निर्देशन दिए ।
निर्वाचनमा जुटन आव्हान गर्दै अधिकारीले आशन्न निर्माचनमा पनि पहिलो पार्टी बनाउनेतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए ।
पोखरा महानगरपालिकाका प्रमुख एव) पार्टी केन्द्रीय सदस्य मानबहादुर जिसीले चैतमा घोषणा भएको महाधिवेशनसम्म कुर्न नसक्नेले चुनावमा जितेर प्रधानमन्त्री बन्नका लागि निर्वाचनमा चुनौती दिए ।
निर्वाचनसंग डराएर सडक आन्दोलनमा लाग्नेहरुले नेपाली जनताको भाग्य र भविष्य प्रतिको षडयन्त्र भएको बताउँदै अध्यक्ष र महासचिव भएको पार्टी आधिकारीक हुने विश्वास व्यक्त गरे ।
नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य कृष्ण थापाले बैशाखमा निर्वाचन भएरै छाडने विश्वास व्यक्त गर्दै त्यसका लागि कार्यकर्ता संगठित भएर जुटनुपर्नेमा जोड दिए ।
कार्यक्रममा पार्टी केन्द्रीयहरु मिना गुरुङ, झकबहादुर थापा, मनुखत्री, पोखरा १७ का वडाअध्यक्ष तिर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी, पार्टी जिल्ला कमिटी सदस्य भेषराज बराल, पार्टी वडाअध्यक्ष सुभाष ढुङ्गाना, लाल बहादुर राना लगायतले राज्यको सम्पत्ति र सरकारी जमिन लटेरालाई जनताले कार्वाही गरेरै छाडने बताए ।