६-६ महिनामा सरकार फेर्न पल्किएकाहरुले काम गर्न दिएनन् : प्रधानमन्त्री

पोखरा, २६ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहना पाँच वर्ष सरकार टिकोस् भन्ने रहेपनि मुलुकमा अस्थिरता निम्त्याउन खोजिएको बताए । राष्ट्रियसभाको आजको बैठकलाई संवोधन गर्दै उनले ६/६ महिनामा सरकार फेर्न पल्किएकाहरुले काम गर्न नदिएको दुःखेसो गरे ।

आफू प्रधानमन्त्री भएपछि मुलुकमा सोचेभन्दा बढी काम भएको भन्दै रानीपोखरी निर्माण, तराइमा ढल निर्माण लगायतका कार्य भएकोमा उनले गर्व गरे । यसप्रकारको दू्रत गतिमा काम यसअघि कहिल्यै नभएको उनको जिकिर थियो ।

वैशाखबाट यता नेताहरुले वाहिर बाहिर २८० भन्दा बढी बैठक बसेर अवैज्ञानिक मोर्चाबन्दी गर्ने, संसदमा विधेयकहरु अड्काइदिने र काम गर्न नदिने चेष्टा भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले आजै आकस्मिक मन्त्रीपरिषद बैठक राखेर राष्ट्रियसभाको हिउदे अधिवेशन अन्त्य गर्ने निर्णय लिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close