छोम्रोङमा कुली बराह मन्दिर निर्माण

पोखरा, १ पुस ।

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ११ स्थित छोम्रोङमा रहेको ऐतिहासिक शक्तिपीठ कुली बराहको मन्दिर निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको रु चार लाख र स्थानीयवासीको १४ लाखसहित करिब १८ लाख रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको हो ।

निर्माण समितिका सदस्य एवं छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अन्नपूर्ण आधार शिविर जाने पदमार्ग आसपासमा पर्ने कुलीबराहसहित गाउँको उत्तर-पश्चिममा पर्ने छुरुप बराह, दक्षिण पूर्वमा पर्ने ताउजी बराह, पश्चिममा पर्ने मेश्रम बराह र उत्तर पूर्वकापर्ने पुजनीयम् बराह यहाँका दर्शनीय स्थल हुन् ।

पदमार्ग क्षेत्रमा सम्भाव्य प्राकृतिक प्रकोप नहोस् भन्दै स्थानीयवासीद्धारा वर्षेनी पूजाआजा गर्दै आएको छन् । व्यवस्थित मन्दिर नहुँदा विगतमा स्थानीयवासीले शिलामा पूजाआजा गर्ने गरेका थिए ।

समाजसेवी एवं अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङले अन्नपूर्ण आधार शिविर क्षेत्रमा पर्ने यी धार्मिकस्थलको संरक्षण र विकासका लागि पछिल्लो समयमा स्थानीयवासीले जागरुकता देखाउँदै आएको बताए ।

धार्मिक तथा सांस्कृतिक महत्वका यी शक्तिपीठको संरक्षण र विकासमा स्थानीयवासीले देखाएको सक्रियतासँगै राज्यका तर्फबाट सहयोग आवश्यक रहेको बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close