कुँडहर सहकारीको अध्यक्षमा विश्ववन्धु थापा

पोखरा, २४ मंसिर ।

कुँडहर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विश्ववन्धु थापा चयन भएका छन् । संस्थाको १२ औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा शिवबहादुर बराल, सचिवमा सुरेन्द्र विनोद खनाल, कोषाध्यक्षमा शुक्रराज अधिकारी, सहसचिवमा दया बराल छन् ।
सदस्यमा आनन्दी राणा (कार्की), किशोरकुमार घिमिरे, दुर्गादत्त भुर्तेल, शान्तबहादुर थापा, गौतम थापा, देवकी रायमाझी छन् ।

यसैगरी राजेन्द्र वाग्लेको संयोजकत्वमा गुरुप्रसाद ज्ञवाली र वीरबहादुर थापा सदस्य रहेको लेखा सुपरीवेक्षण समिति गठन गरिएको छ ।

यसअघि पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले साधारणसभा उद्घाटन गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका सदस्य संगीता गौतम तिमिल्सिना, सल्लाहकार निर्मलबहादुर थापा, लेखा सुररीवेक्षण समितिका संयोजक राजेन्द्र वाग्ले, कुँडहर समाज सेवा समितिका अध्यक्ष शान्तबहादुर थापा र शेयर सदस्य सुवेदार हर्कबहादुर गुरुङले बोलेका थिए ।

साधारणसभाले कार्यवाहक अध्यक्ष विश्वबन्धु थापा र कोषाध्यक्ष गोमाकुमारी थापा रायमाझीको प्रतिवेदन पारित गरेको थियो ।
त्यस अवसरमा कर्मचारी रेनुका भुजेल र रेनुका कार्कीलाई पुरस्कृत गरिएको थियो ।

सहकारीका कार्यवाहक सभापति विश्वबन्धु थापाको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दया बरालले स्वागत र सचिव शिवबहादुर बरालले संञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close